Connect with us
Advertisement

पूर्वका २ सहित १२ स्वास्थ्य संस्थामा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार हुने

Published

on

विराटचोकः प्लाज्मा थेरापीबाट नेपालमा पनि १ जना कोरोना संक्रमितको सफल उपचार भएपछि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताललाई तोकेको छ ।

परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि ९ सरकारी र ३ निजी अस्पताल छनोट गरिएको छ । ज्ञवालीका अनुसार सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल रहेका छन् । त्यसैगरी निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पतालमा सो विधिबाट उपचार हुने भएको छ ।

ज्ञवालीका अनुसार प्लाज्मादाता र रगत लिन इच्छुक दुवैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ । कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएकाले मात्रै प्लाज्मा दान गर्न पाउने भएका छन् ।

प्लाज्मा दिने र लिने दुवै जनाले पीसीआर विधिबाट कोरोना परीक्षण गरेको हुनुपर्ने मापदण्ड छ । १८ वर्ष उमेर पुगेको व्यक्तिको मात्रै प्लाज्मा लिइने बताइएको छ । निको भइसकेका संक्रमितबाट निकालिएको ५ सय ग्राम प्लाज्माले २ जना संक्रमितको उपचार गर्न पुग्ने बताइएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading

Banner

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६

Published

on

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६…🤔😳
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो । यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । नेपालप्रेसबाट…
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक